आइतबार, वैशाख २३, २०८१ |Mon May, 2024
अक्ल्याण्डको समय: ०३:४८ |सिड्नीको समय: ०१:४८ |काठमाडौंको समय: २१:३३

गायक राजेशपायल राईले गरे विवाह दर्ता, प्रेमिकाबाट एक सन्तान भएको पुष्टि 

एएनजेड खबरमार्च ९, २०२३

 गायक राजेशपायल राईले झन्डै आधा उमेर कान्छी आफ्नी प्रेमिका साङबुङ राईसँग विवाह गरेको खुलेको छ ।उनले विवाह गरेसँगै काठमाडौँ महानगरपालिका-३१ को वडा कार्यालयमा गत मङ्सिर २६ गते विवाह दर्ता समेत गरेका छन् ।

उनीहरूले परम्पराअनुसार गत भदौ १ गते विवाह गरेको बताइए पनि विवाहको दर्ता प्रमाणपत्र भने आज मात्रै सार्वजनिक भएको हो । राईको औपचारिक विवाह नगर्दै प्रेमिकाबाट एक सन्तानको पनि जन्म भएको छ । 

 ४७ वर्ष पुगेका राई को प्रेमिका सङबुङको उमेर झन्डैले आधाले कम छ । उनीहरू विवाहअघि लिभिङ टुगेदरमा बस्दै आएका थिए ।सङबुङले यही दसैँको महाष्टमीको दिन एक सन्तानलाई जन्म गराएकी थिइन् , उक्त कुरालाई  सङबुङ आफैले बच्चा जन्माएको जानकारी  टिकटक भिडियो मार्फत पुष्टि गरेकी थिइन् । 

उनको उक्त भिडियोले सामाजिक सञ्जालमा निकै चर्चा पाए पनि यसबारे औपचारिक जानकारी बाहिर आएको थिएन । गायक राईले पनि  आफ्नो सम्बन्धको बारेमा अहिलेसम्म बताएका छैनन्। 

तपाइँको प्रतिक्रिया