शुक्रबार, मंसिर २१, २०८१ |Fri Dec, 2024
अक्ल्याण्डको समय: १८:३० |सिड्नीको समय: १६:३० |काठमाडौंको समय: ११:१५

नेविसंघ (सिटौला पक्ष)को छुट्टै भेला, लोकप्रिय उम्मेदवारलाई टिकट नदिए विद्रोह गर्ने चेतावनी

एएनजेड खबरमार्च १०, २०२३

नेपाल विद्यार्थी संघ सिटौलानिकट विद्यार्थीहरूले स्ववियु निर्वाचनमा लोकप्रिय विद्यार्थीलाई उम्मेदवार नबनाए विद्रोह गर्ने चेतावनी दिएका छन्। आज काठमाडौँमा आयोजित सिटौला पक्षको भेलाले लोकप्रिय उम्मेदवारलाई टिकट नदिइए विद्रोह गर्ने चेतावनी दिएको हो।

गुटको नाममा लामो समयदेखि विधान, पद्धति र विद्यार्थीको आवाज उठाउन खोजेका नेतालाई पाखा लगाउने कुचेष्टा नगर्न भन्दै देशभरिको क्याम्पसमा विद्रोह गर्ने सङ्केत सो समूहले गरेको छ।

भेलालाई सम्बोधन गर्दै लामो समयदेखि सङ्गठन भनेर दुःख गरेको र क्याम्समा लोकप्रीय रहेका विद्यार्थीलाई गुठ र गठबन्धनको नाममा अबसरबाट बन्चित बनाउने काम भएमा हरेक क्याम्पसमा स्वतन्त्र उम्मेदवार उठाउने चेतावनी नेविसंघ पूर्व केन्द्रीय सदस्य सुसिल भट्टले दिए।

नेविसंघका पूर्व महामन्त्री तथा बाग्मती प्रदेशका सचेतक साथै नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेको प्रमुख आतिथ्ययतामा सम्पन्न उक्त भेलामा कांग्रेस बागलुङ जिल्ला सभापति जित शेरचन, नेविसंघकै पूर्व महामन्त्री बलदेव तिमल्सिना, पूर्वउपाध्यक्ष रामप्रसाद अधिकारी, पूर्वसहमहामन्त्री परमेश्वर शाह, पूर्वकेन्द्रीय सदस्य सुसिल भट्ट, नवराज त्रीपाठी, उमेश थापामगर युवा नेता इन्दु शर्मा, लिला बल्ल दाहाल, दीपेन्द्र क्षेत्री, नेबि सघका नेताहरु दीपक ओझा, रुपेश साह , नीराजन शाही, राजकुमार उप्रेती, महेश पौडेल, प्रशान्त लामिछाने, विनोद बराल , मनिस सिम्खडा लगायतका सयौँ नेता कार्यकर्ता सहभागी भएका थिए।

तपाइँको प्रतिक्रिया