मंगलबार, माघ १, २०८१ |Tue Jan, 2025
अक्ल्याण्डको समय: २२:२५ |सिड्नीको समय: २०:२५ |काठमाडौंको समय: १५:१०

उपराष्ट्रपतिको लागि जसपाकी प्रमिला कुमारीको उम्मेदवारी दर्ता

एएनजेड खबरमार्च ११, २०२३

उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीकी प्रमिला कुमारीले पनि उम्मेदवारी दर्ता गराएकी छन् । आज संघीय संसद भवन नयाँ बानेश्वरस्थित उपराष्ट्रपति निर्वाचन कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन् ।

राष्ट्रपति पुरुष भएपछि उपराष्ट्रपति महिला हुनुपर्ने धारणा सार्वजनिक भइरहदा जसपाले राम सहाय यादव र प्रमिला कुमारी महिला र पुरुष दुबै उम्मेदवार खडा गरेको छ ।

सत्तारुढ चार दल (कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादी) बीच उपराष्ट्रपति जसपाले लिने सहमति भए पनि अन्य दल सहमत देखिदैनन। जनमत पार्टीले पनि आफ्नो तर्फबाट उम्मेदवार खडा गरिसकेको छ।

आज बालुवाटरमा बसेको गठबन्धनको बैठकले यसबारे कुनै निर्णय गर्न सकेको थिएन। साझा उम्मेदवार छनोट गर्न भन्दै प्रधानमन्त्री निवासमा बसेको बैठकले विनानिस्कर्स टुंगिएको थियो। बैठक भोलि पुन: बस्ने बताइएको छ।

तपाइँको प्रतिक्रिया