शनिबार, जेठ ५, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: २३:१८ |सिड्नीको समय: २१:१८ |काठमाडौंको समय: १७:०३

नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले गरे शपथ  ग्रहण 

एएनजेड खबरमार्च १३, २०२३

नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित शपथ ग्रहण कार्यक्रममा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की मार्फत राष्ट्रपतिको शपथ लिएका हुन्।

 सत्ता गठबन्धन दलको तर्फबाट साझा उम्मेदवार बन्दै पौडेल गत फागुन २५ गते  राष्ट्रपतिमा निर्वाचित भएका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल हिजो सकिएपछि निवर्तमान राष्ट्रपति भण्डारीको बिदाइ र नयाँ राष्ट्रपतिको स्वागत एकै कार्यक्रम मार्फत भएको थियो। 

शपथ ग्रहण कार्यक्रमको अवसरमा विशिष्ट पाहुनाहरूको समेत उपस्थिति रहेको थियो । 

तपाइँको प्रतिक्रिया