शनिबार, फागुन ३, २०८१ |Sat Feb, 2025
अक्ल्याण्डको समय: १६:१८ |सिड्नीको समय: १४:१८ |काठमाडौंको समय: ०९:०३

ओलीजीले मलाई अझै ब्याज तिर्न बाँकी छ :प्रधानमन्त्री प्रचण्ड

एएनजेड खबरमार्च २०, २०२३

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अझै ब्याज तिर्न बाँकी रहेको बताएका छन्।आज प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन्।

ओलीलाई आफूले दुई पटक प्रधानमन्त्री बनाएकाले अझै एक पटक ओलीले आफूलाई प्रधानमन्त्रीमा सहयोग गर्नुपर्ने बताए। उनले अझै एक प्रधानमन्त्री बनाएको ऋण तिर्न बाँकी रहेकाले त्यसको हिसाव राख्न आग्रह गरे।

‘ओलीजीलाई मैले आभार व्यक्त गरेको छु तपाईंले मलाई प्रधानमन्त्री बनाउनु भयो। मैले तपाईंलाई २ पटक प्रधानमन्त्री बनाएको थिएँ, तपाईंले मलाई ब्याज तिर्नुपर्ने थियो’, उनले भने, ‘ऋण तिर्नुपर्ने थियो। अझै एक पटक बाँकी छ, हिसाव राख्नुहोला।’

तपाइँको प्रतिक्रिया