शनिबार, जेठ ५, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: २३:१८ |सिड्नीको समय: २१:१८ |काठमाडौंको समय: १७:०३

अष्ट्रेलियामा अनलाइन ठगीको बिगबिगी, नेपाली पनि अछुतो रहेनन् !

एएनजेड खबरमार्च २१, २०२३

अष्ट्रेलियामा अनलाइन व्यापारबाट धेरै फाइदा हुने भन्दै केही अनलाइन गिरोहबाट ठगी हुने गरेको छ । घरमै बसी बसी धेरै डलर कमाउन सकिने भन्दै मोबाइलमा आउने अफरबाट धेरै नेपाली फस्ने गरेको समेत पाइएको छ। 

घरमै बसेर अनलाइनमा केही पैसा लगानी गर्न लगाउने र होटेल बुकिङ देखि विभिन्न टुर,ट्राभलका प्याकेज बिक्री गरेमा थुप्रै कमिसन आउने प्रलोभन देखाई धेरै नेपालीहरूलाई अनलाइनबाट ठगी गर्दै आइरहेको हो। सुरु सुरुमा केही डलर कमिसन दिए जस्तो गर्ने र धेरै पैसा जम्मा भएपश्चात् गिरोहले पैसा खाइदिने गरेको छ। 

गिरोहले अष्ट्रेलियामा भर्खरै आएका र नयाँ सिम प्रयोगकर्तालाई टार्गेटमा पार्ने गरेको छ।  ठगी धन्दामा लागिपरेका गिरोहहरूले भाइवर ह्वाट्स एप जस्ता एप्लिकेसनबाट अफर गर्ने र ठग्ने गरेका हुन् । 

अष्ट्रेलियाको बारे राम्रो जानकारी नभएका भर्खरै प्रवेश गरेका नेपालीहरूलाई यसबारे राम्रो जानकारी नहुँदा तुरुन्तै विश्वास गरिहाल्ने र ठगको सिकार बन्ने गरेका हुन्। 

यस्ता घटनाबाट पीडित बनेका धेरै नेपालीहरूले आफूले कमाएको मात्रै नभएर ऋण धन गरेको पैसा समेत डुबाउने गरेका  छन्। 

यस्तो समस्या नेपाली समुदायमा मात्र नभएर सिङ्गो अष्ट्रेलियाकै समस्याको रूपमा देखिएको छ। गत फेब्रुअरी महिनामा मात्रै ४ करोड ३५ लाख अष्ट्रेलियन डलर यस्ता किसिमको ठगीमा परेको भनी स्क्याम वाचको डाटा सार्वजनिक भएको थियो।  

तपाइँको प्रतिक्रिया