शनिबार, जेठ ५, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: २१:०० |सिड्नीको समय: १९:०० |काठमाडौंको समय: १४:४५

अष्ट्रेलियामा नेपाली युवकले नेपाली युवतीलाई १८ हजार डलर ठगी गरे

एएनजेड खबरमार्च २६, २०२३

अष्ट्रेलियाको ब्रिजबेनमा नेपाली युवकबाट एक नेपाली युवती ठगीमा परेकी छन् । २० हजार अष्ट्रेलियन डलर सापटी दिन्छु भनि साथीको साथी भन्दै सम्पर्कमा आएका ती युवाले १८ हजार डलर ठगी गरेका हुन्।

श्रोत : नेपाल ट्युब

बिभिन्न बाहानामा ४० हजार डलर बैंकबाट ऋण लिएको भन्दै धम्क्याएर थप असुली गर्न खोजेपछि पीडित युवती अष्ट्रेलियाबाट संचालित “नेपाल ट्युब”को सम्पर्कमा आएकी थिइन् । १८ हजार अष्ट्रेलियन डलर ठगी गरेपछि पनि थप असुलीका लागि धम्क्याइरहेका युवामाथी पिडित युवतीले प्रहरी र स्क्याम वाचमा उजूरीको दिने तयारी गरेकी छन्।

बिरानो मुलुकमा समस्यामा परेको बेला सहयोग गरिदिने बहानामा आफ्नै समुदायका व्यक्तिबाट ठगीनु दुखद रहेको छ। परदेशमा नेपाली भेटिने वित्तिकै हामी सबैलाई आफन्त नै भेटिएको अनुभुति हुने र आत्मियता बढ्ने भएता पनि राम्रो नबुझी नजिकिदा यस्ता दुर्घटनाहरू निम्तिने खतरा बढ्दै गएको छ।

तपाइँको प्रतिक्रिया