सोमबार, असोज ८, २०८० |Mon Sep, 2023
अक्ल्याण्डको समय: १५:२१ |सिड्नीको समय: १२:२१ |काठमाडौंको समय: ०८:०६

सन्दीप लामिछानेको दुर्लभ किर्तिमान, लिए १०० विकेट

एएनजेड खबरअप्रिल २१, २०२३

नेपाल क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा १०० विकेट पूरा गरेर नयाँ किर्तिमान कायम गरेका छन् ।

एसीसी प्रिमियर कपमा ओमानविरुद्धको खेलमा आज थप विकेट लिदै ओडिआई इतिहासकै दुर्लभ कीर्तिमान बनाएका हुन् ।

यसअघि यो कीर्तिमान अफगानिस्तानका रशिद खानको नाममा थियो । रशिदले ४४ खेलमा कीर्तिमान बनाएका थिए ।

रशिदको कीर्तिमान तोड्दै सन्दीपले ओडिआईमा सर्वाधिक छिटो ४२ खेलमा १०० विकेट लिने पहिलो खेलाडी बनेका हुन् । ओडिआईको दुर्लभ कीर्तिमानी आफ्नो नाममा बनेपछि सन्दीपले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान ढोगेका थिए ।

तपाइँको प्रतिक्रिया