बिहीबार, जेठ ३, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: ०४:४९ |सिड्नीको समय: ०२:४९ |काठमाडौंको समय: २२:३४

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ !!

एएनजेड खबरअप्रिल ५, २०२३

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनलाई औपचारिक रुपमा गिरफ्तार गरिएको र प्रहरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ ।

उनीमाथि ३४ आरोप लागेका छन् । आपराधिक आरोपको सामना गर्ने ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपति हुन् । यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । उनले म्यानहटन अदालतमा आत्मसमर्पण गरेर आफूले कुनै अपराध नगरेको बताएको बीबीसीले जनाएको छ ।

ट्रम्पसँग गोप्य सम्बन्ध रहेको भनिएकी पोर्नस्टार स्टोर्मी डेनिल्सलाई मौन रहन भन्दै अवैध तरिकाले पैसा दिएको, अवैध तरिकाले अर्बौं डलरको सम्पत्ति जम्मा गरेको, ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात गायब पारेको, राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद भवनमा आक्रमणका लागि उक्साएको लगायतका आरोप ट्रम्पमाथि लागेको छ ।

ट्रम्पविरुद्ध लागेका फौजदारी अभियोगमा पहिलो दिनको सुनुवाइ सकिएको छ । अब अर्को सुनुवाइ डिसेम्बर ४ मा हुने सीएनएनले जनाएको छ ।

मंगलबार म्यानहटन अदालतमा आत्मसमर्पण गरेपछि न्यायाधीश जुआन मर्चनले आगामी ४ डिसेम्बरमा अर्को सुनुवाइको मिति तोकेका हुन् । त्यतिबेला पनि ट्रम्प अदालतमा उपस्थित हुनुपर्ने छ ।

तपाइँको प्रतिक्रिया