शनिबार, फागुन ३, २०८१ |Sat Feb, 2025
अक्ल्याण्डको समय: १६:५१ |सिड्नीको समय: १४:५१ |काठमाडौंको समय: ०९:३६

समाचार चोरी गर्ने यी अनलाइनहरू नेपालमा नचल्ने !!

एएनजेड खबरअप्रिल ५, २०२३

 विभिन्न अनलाइन मिडियाहरूले समाचार चोरी गरेको भन्दै कारबाही गर्न प्रेस काउन्सिल नेपालले नेपाल प्रहरी, साईबर ब्युरो भोटाहिटीलाई  पत्राचार गरेको छ। 

 न्युज एजेन्सी नेपालले काउन्सिलमा दिएको उजुरीको आधारमा छानबिन गर्दा समेत हुबहु चोरी गरेको पाइएको र पत्रकार आचार संहिता विपरीत गरेकाले छानबिन गरी कारबाही गर्न साइबर ब्युरोलाई आग्रह गरेको हो।  

उक्त वेब पोर्टलहरू नियमानुसार सूचीकरण नभएकोले अर्को व्यवस्था नहुँदासम्म नेपालमा सम्प्रेषण नहुने व्यवस्था गर्न पनि काउन्सिलले ब्युरोलाई अनुरोध गरेको छ। 

काउन्सिलको सूचनामा उल्लेख भएका कतिपय वेब पोर्टलहरू अष्ट्रेलियाबाट पनि सञ्चालन भएको देखिएको छ। विदेशी भूमिमा रहेर पत्रकार आचारसंहिता विपरीत अर्कैको साइटबाट हुबहु समाचार चोरी गरेर प्रकाशित गर्नु दुखद भएको बताइएको छ।

तपाइँको प्रतिक्रिया