बिहीबार, जेठ ३, २०८१ |Thu May, 2024
अक्ल्याण्डको समय: १९:०२ |सिड्नीको समय: १७:०२ |काठमाडौंको समय: १२:४७

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों र चिनियाँ समकक्षी सी जिनपिङबीच भेटवार्ता

एएनजेड खबरअप्रिल ८, २०२३

चीन भ्रमणमा रहेका फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले चिनियाँ समकक्षी सी जिनपिङसंग भेटवार्ता गरेका छन्। उनले रूस–युक्रेन युद्ध रोक्नका लागि भूमिका खेल्न सीसँग आग्रह गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

राष्ट्रपति म्याक्रोंले समकक्षी सीसँगको भेटमा युरोपमा दशकौंदेखिको शान्ति रूसका कारण खलबलिएको समेत बताए।

सिएनएनका अनुसार राष्ट्रपति म्याक्रोंले युरोपको शान्ति फर्काउन चीनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।

रूस–युक्रेन युद्धको विषयमा चीन तटस्थ रहँदै आएको छ। युरोपका मुलुकहरूले रूसको कदमको निन्दा गरपनि चीनले अहिलेसम्म युद्धबारे प्रतिक्रिया दिएको छैन।

युद्ध जारी रहेकै समयमा चिनियाँ राष्ट्रपति सीले रूसको राजकीय भ्रमण गरेका थिए।

राष्ट्रपति सीले म्याक्रोंको भ्रमणले फ्रान्स र चीनको सम्बन्ध थप बलियो भएको बताएका थिए। यसले दुई देशको व्यापारिक सम्बन्धमा पनि थप सुधार हुनेमा सीको विश्वास रहेको छ।

तपाइँको प्रतिक्रिया