शुक्रबार, वैशाख ५, २०८२ |Fri Apr, 2025
अक्ल्याण्डको समय: २१:३९ |सिड्नीको समय: १९:३९ |काठमाडौंको समय: १५:२४

रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले २ करोड मागेको अडियो बाहिरियो !!

एएनजेड खबरअप्रिल ९, २०२३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठले २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ ।मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग गरेको उक्त अडियो बाहिर आएको हो।

आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई २ करोड रकम बुझाउनुपर्ने भन्दै श्रेष्ठले रकम मागेको उक्त अडियोमा प्रष्ट सुनिएको छ ।

अडियोमा श्रेष्ठले पार्टी सभापति रवि लामिछानेका नजिकका मान्छेलाई दिन उक्त रकम चाहिएको बताएका छन्।

अडिओ सार्वजनिक भएपछि रास्पपाले पनि यस विषयमा छानबिन गर्ने भएको छ। रास्वपाका नेताहरूले अडियो सार्वजनिक भएलगत्तै सांसद श्रेष्ठ निलम्बन गरेर छानविन गर्ने बताएका छन्।

तपाइँको प्रतिक्रिया