बुधबार, साउन २, २०८१ |Thu Jul, 2024
अक्ल्याण्डको समय: ०४:३६ |सिड्नीको समय: ०२:३६ |काठमाडौंको समय: २२:२१

सिन्धुलीमा कार दुर्घटना, चार भारतीयको मृत्यु !!

एएनजेड खबरअप्रिल १२, २०२३

बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार जना भारतीय नागरिकको मृत्यु भएको छ। गएराती भएको सो दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार दुर्घटना गएराति १२ : ३० बजे भएको थियो। भारतीय नम्बरप्लेटको बीआर०६ डिडी ०६८७ कार अनियन्त्रित भएर सडकबाट पाँच सय मिटर तल खसेर दुर्घटना भएको बताइएको छ।

गम्भीर घाइतेको थप उपचारका लागि काठमाडौँ पठाइएको छ। कारमा पाँच जना सवार थिए। मृतक चारै जना पुरुष हुन्। मृतकमध्ये एक पुरुषको शव सिन्धुली अस्पतालमा र अरु तीन पुरुषको शव घटनास्थलमै रहेको छ। ।

तपाइँको प्रतिक्रिया