बिहीबार, जेठ ३, २०८१ |Thu May, 2024
अक्ल्याण्डको समय: १९:२२ |सिड्नीको समय: १७:२२ |काठमाडौंको समय: १३:०७

भारतमा पुर्व सांसदको गोली हानी हत्या !!

एएनजेड खबरअप्रिल १६, २०२३

भारतको उत्तर प्रदेशका पूर्वसांसद अतीक अहमद र उनका भाई अशरफको हत्या गरिएको छ। उत्तर प्रदेशको प्रयागराजमा एक हत्याको बारेमा सोधपुछका लागि लैजादै गर्दा दुवैमाथि पछाडीबाट गोली हानिएको हो ।

भारतीय संचारमाध्यमसँग कुराकानी गरिरहेका बेला दुवैमाथि पछाडीबाट गोली हानेको बताइएको छ। अतिक अहमदको छोरा असदको पनि केहीदिन अघि झाँसीमा प्रहरीले इन्काउन्टरमा हत्या गरेको थियो।

अतीक र अशरफको हत्या कसरी भयो भन्ने प्रहरीले अनुशन्धान गरिरहेको बताइएको छ। हत्याबारे स्पष्ट बाहिर नआएपनि गाडीबाट उत्रिएर संचारमाध्यमसँग कुरा गरिरहेका बेला उनीहरुमाथि गोली प्रहार भएको सार्वाजनिक भएको भिडियोमा देख्न सकिन्छ।

तपाइँको प्रतिक्रिया