मंगलबार, माघ १, २०८१ |Tue Jan, 2025
अक्ल्याण्डको समय: २२:५१ |सिड्नीको समय: २०:५१ |काठमाडौंको समय: १५:३६

उपनिर्वाचनको लागी गएराति १२ बजे देखि मैन अवधि सुरू

एएनजेड खबरअप्रिल २१, २०२३

पर्सि वैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि गएराति १२ बजेदेखि प्रचारप्रसार निषेध सहित मौन अवधि सुरु भएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन क्षेत्र नं २ मा हुन लागेको निर्वाचनका लागि निर्वाचन आयोगको आचारसंहिता अनुसार मौन अवधि लागू हुने भएको हो ।

उपनिर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ चैत २४ गतेदेखि जारी गरेको सो निर्वाचन आचारसंहिता,अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने व्यवस्था गरिएको छ ।

उक्त व्यवस्था बमोजिम गएराति १२ बजेदेखि वैशाख १० गते मतदान केन्द्र बन्द नभएसम्मका लागि प्रचारप्रसार निषेधको गरिएको हो।

साथै निर्वाचन आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य नगर्न-नगराउन आयोगले आग्रह गरेको छ ।

तपाइँको प्रतिक्रिया