मंगलबार, माघ १, २०८१ |Tue Jan, 2025
अक्ल्याण्डको समय: २२:३२ |सिड्नीको समय: २०:३२ |काठमाडौंको समय: १५:१७

तनहुँ-१ मा डा. स्वर्णिम वाग्ले भारी मतले विजयी

एएनजेड खबरअप्रिल २५, २०२३

तनहुँ क्षेत्र नम्बर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ७९६ बढी मतले हराउदै वाग्ले विजयी भएका हुन्।

वाग्लेले ३४ हजार ९१८ मत प्राप्त गरेका छन्। भट्टराईले २० हजार १२२ मत पाए। नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ८ हजार ४८८ मत ल्याएर तेस्रो भए।

मत गणना सम्पन्न भएपनि निर्वाचन अधिकृतको कार्यालयले मत परिणामको औपचारिक घोषणा गर्न भने बाँकी छ ।

तपाइँको प्रतिक्रिया