बिहीबार, जेठ १८, २०८० |Thu Jun, 2023
अक्ल्याण्डको समय: ०७:१५ |सिड्नीको समय: ०५:१५ |काठमाडौंको समय: ०१:००

एमाले अध्यक्ष ओली आज संसद बैठकमा बोल्ने

एएनजेड खबरमे २१, २०२३

सरकारले घोषणा गरेको नीति तथा कार्यक्रम माथि आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो धारणा राख्ने भएका छन्।

आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिदै ओलीले आफ्नो सम्बोधन गर्ने भएका हुन्।

हिजो एमाले संसदीय दलको बैठक बसेको थियो। सो बैठकले सरकारको नीति तथा कार्यक्रमको सशक्त विरोध गर्ने निर्णय गरे संगै अध्यक्ष ओलीले आज संसदमा बोल्न लागेका हुन्। संसदीय दलका नेतासमेत रहेका ओलीले सरकारको नीति तथा कार्यक्रमको सशक्त प्रतिवाद गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएका थिए ।

सरकारले मुलुकको अहिलेको अर्थतन्त्रको समस्या समाधान गर्नेभन्दा पनि जनतालाई भ्रममा पार्ने किसिमले नीति तथा कार्यक्रम ल्याएकाले एमालेको एमालेको ठहर छ।

ओलीले यसअघि जेठ ४ गते नै संसदमा सम्बोधन गर्ने बताएका थिए । तर स्वास्थ्यमा समस्या देखापरेको कारण उनले आज सम्बोधन गर्न लागेका हुन् ।

तपाइँको प्रतिक्रिया