आइतबार, वैशाख ९, २०८१ |Sun Apr, 2024
अक्ल्याण्डको समय: ०८:४३ |सिड्नीको समय: ०६:४३ |काठमाडौंको समय: ०२:२८

मेलबर्नमा कार दुर्घटनामा परी नेपाली दम्पतीको ज्यान गयो 

एएनजेड खबरमे १७, २०२३

 अष्ट्रेलियाको मेलबर्नमा दुर्घटनामा परी नेपाली दम्पतीको ज्यान गएको छ । मेलबर्नको कउलफिल्ड क्षेत्रमा कारमा सवार दम्पतीलाई तीव्र गतिमा आएको बीएमडब्लु कारले ठक्कर दिँदा दुई नेपालीको ज्यान गएको स्थानीय प्रहरीले बताएको छ। 

 कउलफिल्डमा देब्रे मोडिँदै गरेको नेपाली चढेको कारलाई दाहिने तर्फको मुख्य सडकबाट तीव्र गतिमा आएको बीएमडब्लु कारले अस्ति१५ मे को  राती ठक्कर दिएको थियो । रातो बत्तीमा समेत  हुइँकिएको बीएमडब्लुका कारण  दुर्घटना भएको बताइएको छ ।

बुटवल घर भएका दम्पतीको  घटनास्थलमै मृत्यु भएको थियो  ।एनआरएनए भिक्टोरियाले मृतकका परिवारलाई सम्पर्कमा ल्याउने प्रयास गरिरहेको बाइएको छ। 

तपाइँको प्रतिक्रिया