आइतबार, वैशाख २३, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १६:१९ |सिड्नीको समय: १४:१९ |काठमाडौंको समय: १०:०४

परिवर्तनको रक्षाको लागी प्रधानमन्त्रीको जिम्मेवारीमा आएको छु : प्रधानमन्त्री प्रचण्ड

एएनजेड खबरमे २०, २०२३

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको एकता र परिवर्तनको रक्षाको लागी आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताएका छन् ।

राजधानीमा आज आयोजित हाफ म्याराथनको शुभारम्भ गर्दै प्रधानमन्त्री प्रचण्डले यो परिवर्तनमार्फत नै जनतालाई सेवा, सुशासन र विकास दिन सकिन्छ भन्ने संकल्पसहित योपटक म प्रधानमन्त्रीको जिम्मेवारीमा आएको बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले सम्बोधनका क्रममा भने,’ सरकार खेलकुदको विकासलाई उच्च प्राथमिकतामा राखेर देशको प्रतिष्ठा र समाजमा अनुशासन कायम गर्न लागेको छ , अहिले सरकार सुशासन, विकास र समृद्धिको नयाँ संकल्पसहित अगाडि बढेको छ ।आफु प्रधानमन्त्रीको हैसीयतले खेलकूलाई प्रोत्साहित गर्ने कुरालाई उच्च प्राथमिकतामा राखेको म स्पष्ट गर्न चाहन्छु,’ ।

प्रचण्डले ठुला दलका शिर्ष नेताहरुसँग आफुले तिनै विषयका साथसाथै संसदका विभिन्न समितिहरु, संक्रमणकालीन न्याय र गणतन्त्र विरोधी प्रवृत्तिलाई निरुत्साहित गर्ने कुरामा केन्द्रित हुने गरेको समेत जानकारी दिए।

तपाइँको प्रतिक्रिया