आइतबार, वैशाख २३, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १४:४९ |सिड्नीको समय: १२:४९ |काठमाडौंको समय: ०८:३४

‘पपुलिष्ट पोलिटिक्स’ले देशलाई निकास दिदैंन : एमाले महासचिव पोख्रेल

एएनजेड खबरमे २१, २०२३

नेकपा एमालेका महासचिव शंकर पोख्रेलले नेपालमा ‘पपुलिष्ट पोलिटिक्स’ नफाप्ने बताएका छन् । प्रेस चौतारी दाङले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले वैकल्पिक राजनीतिक शक्तिका रुपमा आफुलाई अगाडी सारेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा प्रति लक्षित गर्दै देशको समस्या र संकटलाई पपुलिष्ट पोलिटिष्कले निकास नदिने ठोकुवा गरेका हुन्।

रास्वपाका सभापति रवि लामिछाने प्रति इंगित गर्दै उनले भने, ‘समाजको कुनै क्षेत्रमा चर्चा हासिल गर्ने र राजनीतिमा आउने अहिले जुन होडबाजी चलिरहेको छ, यसले मुलुकमा उत्पन्न समस्याको समाधान गर्न सक्दैन । उनले उदाहरण दिदै भने,’ बलिउडका अभिनेता अमिताभ बच्चनलाई राजनीति फापेन,कुनै समय बलिउडका बादशाह अमिताभ बच्चन पनि चुनाव जितेर राजनीतिमा आएका थिए तर राजनीति त्यसरी चल्दो रहेनछ भनेर बुझेपछि उनी फेरि कलाकारितामै फर्किए । त्यो यर्थाथलाई हामी सबैले बुझ्न जरुरी छ ।’

पोख्रेलले पपुष्टि पोलिटिष्क कही पनि फाप्न नसकेको भन्दै युक्रेनका राष्ट्रिपतिकोमा कलाकारलाई राष्ट्रिपति बनाउदाको पीडा के हुन्छ भन्ने कुरा युक्रेनका नागरिकलाई भोगिरहेका छन्, भन्दै त्यसकारण नेपाली जनताले पनि पपुलिष्ट पोलिटष्कबाट जनताको समस्या समाधान हुँदैन भन्ने कुरा बुझ्न जरुरी रहेको समेत बताए।

तपाइँको प्रतिक्रिया