आइतबार, वैशाख २३, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १२:३६ |सिड्नीको समय: १०:३६ |काठमाडौंको समय: ०६:२१

अष्ट्रेलियाको ब्रिजबेनमा मृत भेटिएका युवाको शव नेपाल लैजान सहयोग संकलन गरिदै

एएनजेड खबरमे २१, २०२३

अष्ट्रेलियाको ब्रिजबेनमा मृत अवस्थामा भेटिएका ३२ वर्षीया गोपाल बहादुर कार्कीको शव नेपाल पठाउनको लागि सहयोग संकलन अभियान सुरु गरिएको छ। कार्कीको शव नेपाल पठाउन १५ हजार डलर संकलन गर्ने लक्ष्यसहित एनआरएन क्विन्सल्याण्डले गोफण्ड मी मार्फत सहयोग रकम संकलन सुरु गरिएको हो।

कार्की विगत ६ वर्षदेखी अष्ट्रेलियामा श्रीमतिसहित बस्दै आएका थिए। उनको शव दुईदिनअघि सडक छेउमा भेटिएको थियो । ६ वर्षअघि अष्ट्रेलियामा रहेका कार्की अहिलेसम्म पनि विद्यार्थी भिसामै रहेको बतैएको छ।

शोकमा रहेका परिवारका सदस्यहरूलाई थोरै मात्रामा भएपनि आर्थिक सहायताका माध्यमबाट सहयोग जुटाउन एनआरएनए क्विन्सल्याण्डले सबैमा सहयोग गर्न आग्रह गरेको छ ।

घटना अनुसन्धानकै क्रममा भएता पनि कार्कीको मृत्युको कारण मानसिक तनाव एउटा प्रमुख कारण रहेको आँकलन गरिएको छ ।

तपाइँको प्रतिक्रिया