शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: २३:२२ |सिड्नीको समय: २१:२२ |काठमाडौंको समय: १७:०७

सगरमाथा चढ्न गएका अष्ट्रेलियन नागरिक जेसन उतै अस्ताए 

एएनजेड खबरमे २२, २०२३

अष्ट्रेलियन पर्वतारोही जेसन बर्नार्ड केन्सनको सगरमाथा आरोहणका क्रममा शुक्रवार मृत्यु भएको छ। ४० वर्षीय केन्सनको सगरमाथाको सफल आरोहण गरेर फर्कने क्रममा अक्सिजन सकिएर मृत्यु भएको बताइएको छ। 

उनको उद्दारको लागी गएको टोली मौसम खराबका कारण समय मै पुग्ने सकेन। यस वर्ष सगरमाथा आरोहणका क्रममा उनी सहित  १० जना आरोही को मृत्यु भएको छ। 

केन्सन सन् २००६ मा कार दुर्घटना भएपछि लामो समय ओछ्यानमै थन्किएका थिए। स्वास्थ्यमा सुधार हुँदै गएपछि केही वर्षयता उनी ट्रेकको योजनामा रहेको र उनी नेपाल आएर सगरमाथा चढेका थिए। 

केन्सनको मृत्युपछि नेपालस्थित अष्ट्रेलियन दूतावासले उनको मृत्युप्रति समवेदना जनाउँदै उनको परिवारलाई सहयोग गर्ने बताएको छ।

तपाइँको प्रतिक्रिया