आइतबार, वैशाख २३, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १३:२२ |सिड्नीको समय: ११:२२ |काठमाडौंको समय: ०७:०७

 लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि  नै हो : प्रधानमन्त्री प्रचण्ड 

एएनजेड खबरमे २३, २०२३

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि नै रहेको बताएका छन् । आज राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले प्रचण्डले उक्त भूमि नेपालकै हो भन्नेमा सरकार प्रस्ट रहेको बताएका हुन्। 

‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्ने कुरामा नेपाल सरकार बडो प्रस्ट छ । थाती रहेको सीमा सम्बन्धी विषयलाई ऐतिहासिक सन्धि नक्सा तथ्य र प्रमाणका आधारमा कूटनीतिक पहलबाट समाधान गर्न दृढ र प्रतिबद्ध रहेको जानकारी पनि माननीय सदस्यहरूलाई गराउन चाहन्छु’  प्रधानमन्त्री प्रचण्डले  भनेका छन् ।

उनले राष्ट्रिय हितलाई सर्वोपरि राखी सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानका आधारमा छिमेकीलगायत र मित्रराष्ट्रसँगको सम्बन्ध थप प्रगाढ बनाउन सरकार लागिपरेको पनि बताएका छन् ।

तपाइँको प्रतिक्रिया