शनिबार, जेठ ५, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: २१:०० |सिड्नीको समय: १९:०० |काठमाडौंको समय: १४:४५

 पशुपतिमा पित्तलको जलहरी लगाइएकोबारे केपी ओलीले जवाफ दिनु पर्छ मैले होइन : सांसद लेखनाथ दाहाल (राजन)

एएनजेड खबरमे २६, २०२३

नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल (राजन) ले केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा पशुपतिमा पित्तलको जलहरी हालिएको बताएपछि संसदमा हङ्गामा मच्चिएको छ। सांसद  दाहालको अभिव्यक्तिलाई लिएर प्रतिपक्ष दल एमालेले नाराबाजी सहित वेल समेत घेराउ गरेका थिए। 

सिन्धुली २ बाट निर्वाचित  सांसद दाहालले ‘१० किलो सुन घटी भएको भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ, त्यस बेला के भएको हो भनेर केपी ओलीले जवाफ दिनुपर्छ मैले होइन,’। उनले भने,’‘मैले यसअघि आइसकेकै विषय भनेको हुँ। मैले संसदीय मर्यादाभित्रै रहेर आफ्नो कुरा राखेको हुँ,’ उनले भने, ‘तर, एमालेले आज जसरी उत्तेजित भएर संसदीय मूल्य-मर्यादा नाघिरहेको छ, यसले घाटा उनीहरूलाई नै हुने हो।’

सांसद दाहालले पशुपतिनाथमा सुनको जलहरी लगाउँदा सुन लगाउने भनेर पित्तल लगाइदिएर गरेका भ्रष्टाचारहरूका सयौँ यस्ता काण्ड छन्  भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली प्रति भ्रष्टाचारको आरोप लगाएका थिए। उनले भने ,’‘केपी ओली मौजुदा सरकारलाई जसरी लाञ्छित गर्ने कोसिस गरिरहनु भएको छ। भ्रष्टाचार आफ्नो पालामा हुने, सबैले देखेका छन् नि, यति, ओम्नी काण्ड, स्वास्थ्य सामग्री खरिदमा भएको घोटाला, गोकर्ण रिसोर्ट कसको पालामा दिइयो? यो तथ्य ओझेलमा पार्न उहाँहरू अनेक हर्कत गर्दै हुनुहुन्छ,’।

एमालेले दाहालको भनाइ रेकर्डबाट हटाउन माग गरेको छ। उसले दूधको दूध, पानीको पानी छुट्ट्याउनुपर्ने भन्दै विषय नटुंगिँदासम्म सदन चल्न नदिने बताइरहँदा सांसद दाहाल भने आफ्नो भनाइप्रतिदरिलो  भएर उभिएका छन्। 

तपाइँको प्रतिक्रिया