मंगलबार, माघ १, २०८१ |Tue Jan, 2025
अक्ल्याण्डको समय: २३:२९ |सिड्नीको समय: २१:२९ |काठमाडौंको समय: १६:१४

किर्तिमानी सगरमाथा आरोही हरि बुढा मगरलाई नेकपा एमालेले सम्मान गर्यो

एएनजेड खबरमे २८, २०२३

कृतिम खुट्टाको सहायताले सगरमाथा आरोहण गर्न सफल विश्व किर्तिमानी हरि बुढा मगरलाई नेकपा एमालेले सम्मान गरेको छ ।

आज ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रिय कार्यालमा एक कार्यक्रम गर्दै उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्मान गरेका हुन् ।

उक्त कार्यक्रममा ओलीले बुढा मगरको सगरमाथाको सफल आरोहण अपांगता भएका व्यक्तिहरुको मात्रै नभएर सबै नेपालीहरु र विश्वकै लागि पनि प्रेरणादायी रहेको बताए ।

उनले भने,’मान्छे साहस, संकल्प गर्‍यो भने जस्तोसुकै कठिन काम पनि गर्न सक्छ भन्ने उदाहरण विश्वभरेवे पेश गरेकाले हरि बुढा मगरलाई पार्टीले सम्मान गरेको हो।,हरि बुढा मगरजीको सगरमाथाको सफल आरोहण हामी सबैका लागि प्रेरणादायी छ । मानिसले साहस गर्‍यो भने, संकल्प गर्‍यो भने असम्भव देखिएका चिजहरु पनि सम्भव हुन्छ,’। ओलीले भने, ‘अपांगता, साधारणतया यस्तो शारीरिक अपांगता भनेको हिँडनै नसक्ने, वरपर चल्नै नसक्ने भन्ने बुझिन्छ । तर उहाँ सगरमाथा चढेर आउनु भयो ।’

कार्यक्रममा कीर्तिमानी सगरमाथा आरोही बुढा मगरले अपांगता भएका व्यक्तिहरुमा जागरण ल्याउने उद्देश्यले आफूले सगरमाथा आरोण गरेको बताए ।उनले भने ,‘मैले एउटा कुरा मात्रै भन्न चाहन्छु जति पनि तपाईँहरुको परिवारमा, समाज र छरछिमेका जे जति अपांगता भएका व्यक्तिहरु हुनुहुन्छ । उहाँहरुलाई सर्पोट र अवसर दिनुहोला , हामीलाई दया र माया भन्दा पनि अवसर दिन आग्रह गर्न चाहन्छु ।’

हरि बुढा मगरको ब्रिटिस गोर्खा सेनामा कार्यरहँदा रहँदा तालिवानको आक्रमणमा परी दुवै खुट्टा गुमाएका उनले गत हप्ता मात्रै सगरमाथा शिखरमा चुमेर विश्वकिर्तिमान राखेका थिए।

तपाइँको प्रतिक्रिया