शनिबार, जेठ ५, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०२:३९ |सिड्नीको समय: ००:३९ |काठमाडौंको समय: २०:२४

टीकापुर हत्याकाण्डका मुख्य योजनाकार भनिएका रेशम चौधरी कारागार मुक्त

एएनजेड खबरमे २९, २०२३

टीकापुर घटनामा आठ जना सुरक्षाकर्मी र एक जना अबोध वालकको हत्या अभियोग लागेर जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरी रिहा भएका छन् ।

उनलाई आज गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी दिएपछि चौधरी कारागार मुक्त भएका हुन् ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले चौधरीको करिब १५ वर्ष कैद सजाय माफी गर्न सिफारिस गरेको थियो ।पाँच वर्ष तीन महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय छुट भएको हो ।

यसपटक चौधरीसहित १९ जनाले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ बमोजिम गणतन्त्र दिवसको उपलक्ष्यमा माफी पाएका छन् ।

तपाइँको प्रतिक्रिया