शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: २०:०३ |सिड्नीको समय: १८:०३ |काठमाडौंको समय: १३:४८

विदेशमा रहेका नेपालीलाई आफ्नो इतिहास नबिर्सिन पूर्व प्रधानमन्त्री माधव नेपालको आग्रह 

एएनजेड खबरमे २९, २०२३

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा  पूर्व प्रधानमन्त्री माधव नेपालले विदेशमा बस्ने नेपालीहरूलाई सदैव आफ्नो इतिहास, भाषा, संस्कार नबिर्सिन आग्रह गर्ने गरेको छन् । 

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा फेडरेसन अफ नेप्लीज अर्गनाईजेसन ईन अष्ट्रेलिया फेन्काले आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफ्नो देश भाषा संस्कारलाई बचाई राख्न आग्रह गरेका हुन् । 

 प्रमुख अतिथिको रूपमा सहभागी भएका पूर्व प्रधानमन्त्री नेपालले ७० वर्षअघि जुन बेला सर एडमन्ड हिलारी र तेन्जींग नोर्गेले सगरमाथाको आरोहण गरेका थिए त्यही वर्ष आफ्नो समेत जन्म भएको भन्दै हालसम्म सगरमाथा आरोहण गर्ने सबै हिरो भएको पनि  बताए ।

नेपालले एक सय जनाभन्दा बढी अष्ट्रेलियालीहरुले सगरमाथा आरोहण गरिसकेको बताउदै  सगरमाथा आरोहणबाट बनेका विभिन्न रेकर्डले संसारमा गर्न केही पनि असम्भव नभएको स्मरण गराउने बताएका थिए ।

सो कार्यक्रममा अष्ट्रेलियाका लागी नेपाली राजदूत कैलाशराज पोखरेलको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा आफ्नो मन्तव्य राख्दै राजदूत पोखरेलले अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा सर्वोच्च शिखर सगरमाथा सहित नेपालका विभिन्न हिमालको आरोहण गर्ने आरोहीहरूको साथले यो दिवस अझ विशेष बनेको बताएका थिए । उक्त समारोहमा अष्ट्रेलियाका संघीय सांसद डेभिड स्मीथसहित चार आरोहीहरूको पनि सहभागिता थियो। 

सो कार्यक्रम फेन्काका अध्यक्ष कृष्ण हमालको सभापतित्वमा भएको थियो।

तपाइँको प्रतिक्रिया