सोमबार, वैशाख २४, २०८१ |Mon May, 2024
अक्ल्याण्डको समय: १४:३० |सिड्नीको समय: १२:३० |काठमाडौंको समय: ०८:१५

भारतले नेपालीभूमि समेटेर जारी गरेको नक्साबारे प्रधानमन्त्रीजीले भारतसँग कुरा गर्नुपर्छ : केपी ओली

एएनजेड खबरमे ३०, २०२३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको संसद् भवनमा नेपालको भूमि समावेश गरिएको नक्साबारे प्रधानमन्त्रीले कुरा उठाउनु पर्ने बताएका छन्। उनले प्रधानमन्त्री प्रचण्डको भोलिबाट हुने भारत भ्रमणमा नेपालको भुमी समेटेर राखिएको नक्सा  (मुरल) बारे कुरा उठाउनु पर्ने बताएका हुन्। 

अखिल नेपाल महिला सङ्घले मङ्गलवार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा बोल्दै ओलीले  भने ,’भारतको नयाँ संसद् भवनमा काठमा कुँदिएको भारतको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु पनि रहेको भन्ने कुरा सुनिएको छ।  यदि त्यस्तो हो भने उचित हुँदैन ‘। 

ओलीले प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा उक्त नक्साको विषयमा छलफल हुनुपर्ने बताए । उनले भने ‘प्रधानमन्त्रीजी भोलि भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँले त्यो नक्सा हटाउनुस् । त्यो गल्ती सच्याउनुस् भनेर भारत सरकारसँग कुरा गर्नु पर्छ । यति कुरा गर्न सक्नु हुन्न भने अनि भारत भ्रमणमा किन जाने ?’ उनले भने ।

ओलीले नेपालको भूमि आफ्नो नक्साभित्र हालेर संसद् जस्तो ठाउँमा भारतजस्तो एउटा पुरानो, सुदृढ, नमुना लोकतन्त्र भनिएको देशले त्यो व्यवहार गर्छ भने त्यसलाई उचित भन्न नसकिने बताउँदै  प्रधानमन्त्रीजीले आफ्नो भ्रमणको दौरानमा यस विषयमा प्रश्न गर्न सक्नु पर्ने धारणा राखेका हुन्।  

तपाइँको प्रतिक्रिया