सोमबार, वैशाख २४, २०८१ |Mon May, 2024
अक्ल्याण्डको समय: २१:२७ |सिड्नीको समय: १९:२७ |काठमाडौंको समय: १५:१२

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण,गैर आवासीय नेपालीले पनि नेपाली नागरिकता पाउने व्यवस्था 

एएनजेड खबरमे ३१, २०२३

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । नागरिकता विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले पुष्टि गरेको हो। 

अघिल्लो सांसदले दुई दुई पटक पारित गरेर प्रमाणीकरणको लागी पटाउँदा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत ‘होल्ड’ गरेको थिइन्। सोही नागरिकता विधेयकलाई नयाँ  राष्ट्रपति पौडेलले प्रमाणीकरण  गरेका हुन्। सरकारले प्रमाणीकरणको लागी १२ जेठमा राष्ट्रपतिलाई अनुरोध गरेको थियो ।

राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयकमा गैर आवासीय नेपालीले नागरिकता प्राप्त गर्न सक्ने उल्लेख गरिएको छ।  विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको र साबिकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्न  सक्ने भनी नागरिकता विधेयकमा उल्लेख गरिएको छ। 

तपाइँको प्रतिक्रिया