सोमबार, वैशाख २४, २०८१ |Mon May, 2024
अक्ल्याण्डको समय: १५:५० |सिड्नीको समय: १३:५० |काठमाडौंको समय: ०९:३५

प्रधानमन्त्री ‘प्रचण्ड’ आज भारत भ्रमणमा जाँदै

एएनजेड खबरमे ३१, २०२३

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत भ्रमणका लागि जाँदैछन्। चार दिने भ्रमणको लागी उनी दिउँसो १ बजे नेपाल एयरलाइन्सको जहाजमार्फत भारत प्रस्थान गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

प्रधानमन्त्रीको भ्रमण टोलीमा परराष्ट्र मन्त्री एनपी साउद, उर्जामन्त्री शक्ति बस्नेत, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालासहित ४७ जनाको प्रतिनिधिमण्डल रहने बताइएको छ। 

प्रधानमन्त्रीले भ्रमणको क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति जगदीप धनकर र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तालिका छ। प्रधानमन्त्री प्रचण्डले भारतीय  समकक्षी मोदीसँग भोलि जेठ १८ गते भेटवार्ता गर्ने छन्। 

प्रचण्ड प्रधानमन्त्री बनेपछि यो नै पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो।

तपाइँको प्रतिक्रिया