सोमबार, वैशाख २४, २०८१ |Mon May, 2024
अक्ल्याण्डको समय: ०९:५४ |सिड्नीको समय: ०७:५४ |काठमाडौंको समय: ०३:३९

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

एएनजेड खबरमे ३१, २०२३

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको औपचारीक भ्रमणका लागि प्रस्थान गरेका छन्। चार दिने भ्रमणको लागी आज अपरान्ह भारतको राजधानी नयाँदिल्ली गएका हुन्।

प्रधानमन्त्रीको विदाइको लागी त्रिभुवन विमानस्थलमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरू उपस्थित भएका थिए।

तेस्रो पटक प्रधानमन्त्री बनेपछि प्रचण्डको यो नै पहिलो अन्तराष्ट्रिय भ्रमण हो। भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति उपराष्ट्रपति तथा समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने छन्।

तपाइँको प्रतिक्रिया