सोमबार, वैशाख २४, २०८१ |Mon May, 2024
अक्ल्याण्डको समय: २१:२५ |सिड्नीको समय: १९:२५ |काठमाडौंको समय: १५:१०

मलाई ‘सुनमान्छे’ बनाइयो :केपी ओली 

एएनजेड खबरमे ३१, २०२३

नेकपा (एमाले)का अध्यक्ष  केपी शर्मा ओलीले सुनैसुनले ढाकेर आफ़ुलाई सामाजिक सञ्जालमा  ‘सुनमान्छे’ बनाएको बताएका छन्। उनले सुनले छपक्कै ढाकेको देखिने गरी आफ्नो फोटो सामाजिक सञ्जालमा ट्रोल गरिएको बताएका हुन्। 

ओलीले भने,’औँठी लगाउने रुचि समेत नभएको मान्छेलाई जीउभरि सुनैसुनले ढाकिएको फोटो सामाजिक सञ्जालमा ट्रोल गरेर झुटको खेती गरिँदै छ। यो आपत्तिजनक हो’,। 

आज पार्टी कार्यालय च्यासलमा पार्टी प्रवेश गरेका कलाकारहरूलाई स्वागत गर्दै अध्यक्ष ओलीले आफूले आमा बित्दा र एक पटक साथीले दिएको औँठी केही समय लगाएको तर त्यसबाहेक आफूले सुनको औँठी नलगाएको जिकिर गरे। उनले भने,’  सत्यलाई बङ्ग्याएर सुनैसुनले ढाकेको आफ्नो फोटो सामाजिक सञ्जालमा ट्रोल गरिनु आपत्तिजनक रहेको छ , फोटोमा हातभरि सुनैसुनका, यता पनि सुनैसुनका बोकि नसक्नु। त्यति सुन म बोक्न पनि सक्दिन होला। तर मेरो शरीरमा सुन भन्ने कुरा मैले जिन्दगीमा औँठी लगाएको छैन। म सानो हुँदा मेरो आमा बित्नु भएको। आमाले लगाउने गर्नु भएको औँठी यो तैँले लगा भनेर सानो छँदै खेरी एक पल्ट लगाई दिएका थिए। केही दिन मैले लगाएँ।’,

ओलीले आफूलाई बोक्न नसक्ने गरी सुन लगाई दिएको र ठुलो झुटको खेती गरेको समेत बताए।

तपाइँको प्रतिक्रिया