सोमबार, असोज ८, २०८० |Mon Sep, 2023
अक्ल्याण्डको समय: १६:०८ |सिड्नीको समय: १३:०८ |काठमाडौंको समय: ०८:५३

 राष्ट्रिय स्वतन्त्र पार्टीले आज पहिलो स्थापना दिवस मनाउँदै 

एएनजेड खबरजुन २२, २०२३

राष्ट्रिय स्वतन्त्र पार्टीले आज पहिलो स्थापना दिवस मनाउँदै छ। गत वर्षको असार ७ गते राष्ट्रिय सभा गृहबाट राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा भएको थियो। 

उक्त पार्टीले असार ७ गतेलाई पार्टी घोषणा दिवस मनाउने भएको हो। असार ७ गते पार्टी घोषणा गरिए पनि  निर्वाचन आयोगमा भने रास्वपा असार १७ गते मात्रै  दर्ता भएको थियो। 

पार्टी स्थापना दिवसको अवसरमा आज बिहान ११ बजे पत्रकार सम्मेलन आयोजना गरिएको रास्वपाले जनाएको छ। 

रास्वपाले बिहीबार दिउँसो १ बजेदेखि चियापान कार्यक्रम आयोजना गरेको छ। चियापानमा प्रधानमन्त्री, मन्त्री, संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलमा शीर्ष र पदाधिकारी, सांसदहरूलाई आमन्त्रण गरिएको छ। 

तपाइँको प्रतिक्रिया