सोमबार, असोज ८, २०८० |Mon Sep, 2023
अक्ल्याण्डको समय: १६:४३ |सिड्नीको समय: १३:४३ |काठमाडौंको समय: ०९:२८

कोशीमा ढल्यो एमाले सरकार, पाएन विश्वासको मत 

एएनजेड खबरजुन ३०, २०२३

कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज बसेको प्रदेशसभा बैठकबाट विश्वासको मत लिने कोसिस गरेका थिए। 

प्रदेशसभाको बैठकमा बोल्दै मुख्यमन्त्री कार्कीले आफ्नो नेतृत्वमा बनेको प्रदेश सरकारले गति लिएको भन्दै काँग्रेस र माओवादीसहितका दलहरूसँग विश्वासको मत मागेका थिए।

सभामुख गौतमका अनुसार ९३ सांसद्‍मध्ये मत विभाजनका क्रममा ८९ जना उपस्थित रहेका थिए। तर कार्कीको पक्षमा एमालेका ४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ जना सांसदले मात्रै मत दिए।  कार्कीले मागेको विश्वासको मतको पक्षमा ४६ मत परेको हो। बहुमतको लागी ४७ मत आवश्यक हुन्छ।  

विपक्षमा नेपाली काँग्रेसका २९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका ४ जना सांसदले मतदान गरेका थिए। तर कार्कीको विपक्षमा ४३ मत मात्रै परेको छ। 

कोशी प्रदेश सरकार ढलेसँगै एमालेले ६ महिनाबिचमा ४ प्रदेश सरकार गुमाएको छ।

तपाइँको प्रतिक्रिया