सोमबार, वैशाख २४, २०८१ |Mon May, 2024
अक्ल्याण्डको समय: १९:२१ |सिड्नीको समय: १७:२१ |काठमाडौंको समय: १३:०६

‘सर्पकाण्ड’मा मेरो कुनै संलग्नता छैन : झलनाथ खनाल

एएनजेड खबरजुन १, २०२३

 नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले सर्लाहीमा सर्प पालनको योजनामा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।

आज काठमाडौँमा पत्रकार सम्मेलन गरी खनालले सर्प फार्म बनाउने योजनामा आफ्नो संलग्नता पुष्टि भए अहिले नै हतकडी लाउन आफू तयार रहेको बताएका हुन्। 

खनालले भने ‘म के भन्न चाहन्छु भने यदि त्यो केसमा मेरो संलग्नता भेटियो र एक पैसा मात्रै पनि मबाट दुरुपयोग भएको छ भने अहिले नै हतकडी लाउन तयार छु’ ।

 नेता खनालले सर्पपालनको योजनालाई लिएर आफूमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेका छन् ।  ‘अख्तियार र अरू तमाम संस्थालाई भन्न चाहन्छु, मेरो छानबिन गर्नुस्’ उनले भने ।

उनले आफ्नो ६० वर्षको राजनीतिक जीवनको यस अवधिमा आफूले कुनै आपराधिक सोच नराखेको बताए । उनले आफूले राजनीतिलाई कमाइ खाने धन्दा नठानेको समेत बताए। 

सर्लाहीमा सर्पले टोकेको औषधिको रूपमा प्रयोग गर्ने एन्टी स्नेक भेनम बनाउन झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानले सरकारबाट अनुदान लिएको भएपन इ उनले आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका हुन्। 

तपाइँको प्रतिक्रिया