शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १८:०४ |सिड्नीको समय: १६:०४ |काठमाडौंको समय: ११:४९

अष्ट्रेलियामा कामदारको तलब ६ प्रतिशतले बढ्यो !!

एएनजेड खबरजुन ३, २०२३

अष्ट्रेलियामा कामदारको ज्याला ६ प्रतिशतले वृद्धि भएको छ।  अब हरेक कामदारले  प्रतिघण्टा न्यूनतम पारिश्रमिक २३ डलर २३ सेन्ट पाउने भएका हुन्। 

 फेयरवर्क ओम्बुस्डम्यानको पहलमा महँगीको मारमा परेका कामदारलाई राहत दिने गरी बढाइएको पारिश्रमिक  आगामी जुलाई १ बाट लागू हुने बताइएको छ। 

अष्ट्रेलियाको केन्द्रीय बैङ्कको तथ्याङ्कमा महंगीदर ६ दशमलव ८ प्रतिशत बढेको जनाएको छ । सामान्यतया ३ डलर हाराहारीमा पाइने गोलभेँडाको मूल्य अहिले ११ डलर भन्दा माथि  तिर्नु पर्ने र महँगीका कारण घर भाडा, खाद्यवस्तु लगायतमा अत्यधिक मूल्य बढेको कारण नागरिकको जीवनयापनमा प्रभावित हुन नदिन फेयरवर्क ओम्बुस्डम्यानले पारिश्रमिक वृद्धिको लागि गरेको थियो । उक्त पहललाई अष्ट्रेलिया सरकारले सुनुवाइ गरेको हो। 

आगामी  जुलाई १ बाट अब अष्ट्रेलियामा फुल टाइम काम गर्ने कामदारले प्रतिहप्ता ८ सय ८३ डलरसम्म कमाउन सक्नेछन् ।पारिश्रमिक वृद्धिको खबरसँगै महँगीको मारमा परेका कामदारहरूलाई राहत मिल्ने देखिएको छ। 

तपाइँको प्रतिक्रिया