सोमबार, वैशाख २४, २०८१ |Mon May, 2024
अक्ल्याण्डको समय: ०९:१९ |सिड्नीको समय: ०७:१९ |काठमाडौंको समय: ०३:०४

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कने 

एएनजेड खबरजुन ३, २०२३

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चार दिने भ्रमण सकेर आज स्वदेश फर्कँदै छन्। उनी अपराह्न ४:३० बजे दिल्लीबाट प्रस्थान गर्ने र साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।  

प्रधानमन्त्री प्रचण्ड दिल्लीबाट नेपाल एयरलाइन्सको विमानबाट स्वदेश फर्कनेछन्। उनी जेठ १७ गते भारत गएका थिए। प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति  द्रौपदी म‍ुर्मु , समकक्षी  नरेन्द्र मोदी, सुरक्षा निकायका अधिकारीहरू, उद्योगी व्यवसायी लगायत विभिन्न क्षेत्रका उच्च पदस्थ व्यक्तिहरूसँग भेटवार्ता गरेका थिए। 

प्रधानमन्त्री प्रचण्डले समकक्षी मोदीसँग भारत र नेपालबिच विभिन्न सम्झौतामा हस्ताक्षर समेत गरेका थिए। 

तपाइँको प्रतिक्रिया