शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १६:२७ |सिड्नीको समय: १४:२७ |काठमाडौंको समय: १०:१२

 पश्चिम अष्ट्रेलियाको जनसम्पर्क समितिले पूर्णता पायो 

एएनजेड खबरजुन ३, २०२३

जनसम्पर्क समिति पश्चिम अष्ट्रेलियाले पूर्णता पाएको छ। नेपाली काँग्रेसको प्रवासी भातृसंगठन जनसम्पर्क समितिले आफ्नो सङ्गठन विस्तारलाई तीव्रता दिने क्रममा राजेश बुढाथोकीको नेतृत्वमा गठन भएको सो सङ्गठनले पूर्णता पाएको हो। 

दश सदस्य जनसम्पर्क समितिमा सभापतिमा राजेश बुढाथोकी चयन भएका छन्  भने दुई जना उपसभापतिमा क्रमशः नवराज खरेल र सुस्मिन वाग्ले रहेका छन्। 

त्यस्तै सहमहामन्त्रीमा अनुप पौडेललाई छनोट गरिएको छ। सदस्यहरूमा गोपाल सापकोटा, सन्तोष थापा, वीर बहादुर जोरा, अर्जुन ढकाल, बिरजङ्ग रोकाया छन् ,

त्यस्तै साङ्गे शेर्पा ,छिरिङ शेर्पा, साने शेर्पा, सुदिप सापकोटा , धिरज पौड्याल र ध्रुव वाग्ले सदस्यमा छानिएका हुन्। 

जनसम्पर्क समिति सल्लाहकारहरूमा निल थपलिया , दिनेश कार्की र दिनेश अधिकारीलाई राखिएको छ। 

तपाइँको प्रतिक्रिया