आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १९:५९ |सिड्नीको समय: १७:५९ |काठमाडौंको समय: १३:४४

देशको हित र संविधानको रक्षापछि मात्रै संसद् खुल्छ :केपी ओली 

एएनजेड खबरजुन ४, २०२३

 नेकपा एमालेका  अध्यक्ष केपी शर्मा ओलीले देशको हित र संविधानको रक्षापछि मात्रै संसदमा भएको अवरोध हट्ने बताएका छन्।

आज बसेको प्रतिनिधि सभाको बैठकको अवरोधपछि  सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राष्ट्र, संविधानको रक्षा र भूमिको रक्षापछि मात्रै एमालेले संसद्को गतिरोध हटाउने बताए।

‘राष्ट्रको रक्षा, संविधानको रक्षा, भूमिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा र नेपालको समग्र हितको रक्षापछि मात्रै यो सेटल हुन्छ।’ओलीले भने। संसदमा रहेका प्रतिपक्षी दलहरूले प्रतिनिधि सभाको बैठक अवरोध गरेका थिए। सभामुख देवराज घिमिरेले १ घण्टाका लागि बैठक स्थगित गरेता पनि अहिलेसम्म बस्न सकेको छैन। 

तपाइँको प्रतिक्रिया