आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १७:३० |सिड्नीको समय: १५:३० |काठमाडौंको समय: ११:१५

प्रधानमन्त्रीले संसदमा प्रतिपक्षी दलको नेता खोज्दा खोज्दै ओली टुप्लुक्क 

एएनजेड खबरजुन ५, २०२३

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रमुख प्रतिपक्षी दलको नेता केपी शर्मा ओलीको खोजी गर्दागर्दै  आइपुगेका छन्। 

आफ्नो चार दिने भारत भ्रमणबारे जानकारी दिन संसद्को रोष्टममा उभिएर प्रधानमन्त्री प्रचण्डले भने,’ सामान्यतया प्रधानमन्त्रीले सम्बोधन गर्ने भनेपछि सत्ता र प्रतिपक्षी दलका नेताहरू उपस्थित हुने परम्परा रहेको थियो तर प्रतिपक्षी दलको प्रमुख नेता र सत्ता गठबन्धनको नेता हुनुहुन्न । अलिकति नमिठो महसुस भएको छ ।’

प्रधानमन्त्रीले यति  बोल्दाबोल्दै ओली टुप्लुक्क आइपुगेपछि  प्रचण्डले खुसी समेत व्यक्त गरे । तर सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने संसदमा देखिएनन् । प्रधानमन्त्रीले सत्ता पक्षकै नेता नदेखिँदा नमिठो लागेको पनि बताए। 

तपाइँको प्रतिक्रिया