शनिबार, जेठ ५, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: २३:३९ |सिड्नीको समय: २१:३९ |काठमाडौंको समय: १७:२४

भूमिको लेनदेनको विषय देशको लागी दुर्भाग्य हो : केपी ओली 

एएनजेड खबरजुन ५, २०२३

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री भारत भ्रमणमा गएर सीमा समस्या समाधानमा भूमिको लेनदेनको विषय उठाउनु देशको लागी दुर्भाग्य भएको बताएका छन्।

आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले समुद्रसँगको पारवहनको सुविधा भूमि सट्टापट्टाको विषय नभई अधिकारको विषय भएकोले एमाले सधैँ राष्ट्रको पक्षमा रहेको बताएका हुन्।

ओलीले भने,‘बङ्गलादेश जाने बाटोसँग लिपुलेक–लिम्पियाधुरा सट्टापट्टा गर्न सकिने कुराले देश तरङ्गित छ।‘बङ्गलादेश जाने बाटो या पारवहनको सुविधा सट्टापट्टाको विषय होइन, त्यो हाम्रो अधिकारको विषय हो।’

उनले बङ्गलादेश जाने बाटो या पारवहनको सुविधा सम्बन्धी कुरा टुङ्गिएको बताए। उनले भने,’ यो कुरा पहिले नै टुङ्गिएर बङ्गलादेश, भुटान, भारत, नेपाल यी चार देशको सङ्गठन बिबिआइएन बनेको थियो। ढुवानी र आवागमनका लागि सहमतिहरू पनि भए। कार्यान्वयनका बेला भुटान पछि हट्यो। पछि बिआइएनमात्रै भन्न थालियो,’।

तपाइँको प्रतिक्रिया