शनिबार, जेठ ५, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: ०१:०१ |सिड्नीको समय: २३:०१ |काठमाडौंको समय: १८:४६

अवाञ्छित प्रस्ताव राखेको भन्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बस्नेतविरुद्ध महिला पत्रकारको उजुरी 

एएनजेड खबरजुन ६, २०२३

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतविरुद्ध एक महिला पत्रकारले प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन्।उनले आफूलाई मध्यरातमा अडियो कल म्यासेज गरेर अवाञ्छित प्रस्ताव राखेको आरोप लगाउँदै गत बिहीबार साइबर ब्युरोमा उजुरी दिएको सार्वजनिक भएको हो। 

पीडित भनिएकी ती महिला पत्रकारले त्यसपछि आफूले असुरक्षित महसुस गरेको भन्दै आइतबार सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा पनि निवेदन दिएकी थिइन्। 

उक्त उजुरीपछि काउन्सिलका अध्यक्ष बस्नेतले आफ्नो परिवार र कार्यरत संस्थाका प्रमुखलाई फोन गरी उजुरी फिर्ता लिन दबाब दिएको र बस्नेतका क्रियाकलापले आफू असुरक्षित देखिएको भन्दै ती महिला पत्रकारले सञ्चार मन्त्रालयमा पनि निवेदन दिएकी हुन्।

 सञ्चारमाध्यमको अनुगमन, मूल्याङ्कन गरी मर्यादित तथा जिम्मेवार बनाउनका लागि स्थापित भएको संस्थाका प्रमुखले नै यस्ता अवाञ्छित गतिविधि गरेको ती महिला पत्रकारको आरोप छ। 

प्रहरीका अनुसार उजुरी र  घटनाको बारेमा अनुसन्धान भइरहेको  र प्रमाण सङ्कलनको काम भइरहेको छ।

ती महिला पत्रकारले दिएको उजुरीमा भनिएको छ, ‘बालकृष्ण बस्नेत नामक फेसबुक आइडीले जेठ १५ गते मध्यराति मेसेन्जरमार्फत भेट गर्ने प्रस्ताव राख्ने, अडिओ कल गर्ने, साथै पटक–पटक एसएमएस गरी रातको समयमा टर्चरसमेत गर्ने गरेकाले सो व्यक्तिलाई कारबाही गरी पाऊँ।’

तपाइँको प्रतिक्रिया