शुक्रबार, चैत १४, २०८१ |Fri Mar, 2025
अक्ल्याण्डको समय: ११:३६ |सिड्नीको समय: ०९:३६ |काठमाडौंको समय: ०४:२१

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभामा सम्बोधन गर्ने 

एएनजेड खबरजुन ७, २०२३

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्ने भएका छन्। 

आज  ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणबारे जानकारी गराउने र राष्ट्रियसभामा उठेका प्रश्नको जवाफ दिने  कार्यसूची रहेको छ।

प्रधानमन्त्रीको आजको सम्बोधन पछि राष्ट्रिय सभामा आजबाट आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि छलफल प्रारम्भ हुनेछ।

‘राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने र अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ,’ संसद् सचिवालयले जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया