शनिबार, जेठ ५, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: २२:५९ |सिड्नीको समय: २०:५९ |काठमाडौंको समय: १६:४४

वामदेव गौतमले गरे एमालेमा फर्किने संकेत 

एएनजेड खबरजुन ८, २०२३

नेकपा एमालेका पूर्व नेता वामदेव गौतम एमालेमा फर्किने संकेत गरेका छन् ,। उनले एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले बोलाएमा आफू खुसीसाथ एमालेमा फर्किने बताएका हुन्। 

एमालेले ७० वर्षे उमेरको हद संशोधन गरेपछि वामदेवले पुरानै पार्टीमा फर्किन खुट्टा उचालेका हुन्। 

हिजो राष्ट्रियसभाको बैठकपछि  ७० वर्षे उमेर हद हटाउने भएपछि आफू र आफ्ना साथीहरूलाई लिएर एमालेमा फर्किन तयार रहेको घोषणा गरेका थिए।  

बामदेवले भने ‘उमेर हद हटाइएको यही अवस्थामा हामी एमालेमा जान्छौँ, म मेरा साथीहरूसहित एमालेमा फर्किन्छु’, उनले भने, ‘उहाँहरूले मलाई नै रोक्न ७० वर्षे उमेर हद ल्याउनु भएको हो। मैले त्यस बेला मेरो निम्ति मात्रै राख्नु भएको होइन होला, राख्नु भयो भने राख्नु भनेको थिएँ। अझै पनि ४/५ वर्षमा ७० वर्ष पुग्ने १०/१२ जना नेता छन्।’ 

उनले ७० वर्षे हट्नै पर्ने आफ्नो प्रस्ताव रहेको बताएका छन्।उमेर हदका आधारमा कसैलाई विभेद गर्न नपाइने भन्दै आफूलाई एमालेमा आउने बाटो खुल्यो  भनेछन् भने आफू खुसीसाथ एमालेमा फर्किने उनको भनाइ थियो। 

तपाइँको प्रतिक्रिया