आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १९:१६ |सिड्नीको समय: १७:१६ |काठमाडौंको समय: १३:०१

 नक्कली शरणार्थी प्रकरण: टोपबहादुरको तर्फबाट एमाले समर्थक रमेश बडालले बहस गर्ने 

एएनजेड खबरजुन ९, २०२३

नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका टोपबहादुर रायमाझीका तर्फबाट आज  प्रतिरक्षा बहस हुने भएको छ। काठमाडौँ जिल्ला अदालतमा  विगत एक साता देखी सुरु भएको बहस प्रतिवादीका तर्फबाट विभिन्न वलिकहरुले  बहस गरिरहेका छ। 

एमालेका तत्कालीन सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुरका पक्षमा एमाले समर्थित पूर्व महान्यायाधिवक्ता रमेश बडालले बहस गर्ने भएका हुन्। उनी केपी ओली प्रधानमन्त्री भएका बखत महान्यायाधिवक्तामा नियुक्त भएका थिए। 

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने ठगी धन्दामाको अभियोग लागेर  टोपबहादुर हाल  प्रहरी हिरासतमा छन्। 

 जेठ २१ देखि नक्कली शरणार्थी मुद्दामा थुनछेक बहस चलिरहेको छ । सरकारी वकिल र पीडिततर्फका वकिलले तीन दिनसम्म  बहस गरेपछि हाल प्रतिवादीका तर्फबाट बहस भइरहेको हो।  

तपाइँको प्रतिक्रिया