शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: २०:५३ |सिड्नीको समय: १८:५३ |काठमाडौंको समय: १४:३८

विश्व टेस्ट च्याम्पियनसिपको उपाधि अष्ट्रेलियालाई 

एएनजेड खबरजुन १२, २०२३

अष्ट्रेलियाले भारतलाई हराउँदै विश्व टेस्ट च्याम्पियनसिपको उपाधि हात पारेको छ। द ओभलमा भएको फाइनल खेलमा अष्ट्रेलिया २०९ रनले विजयी भएसँगै उपाधि हासिल गरेको हो। 

अष्ट्रेलियाले दिएको ४४४ रनको लक्ष्य पछाइरहेको भारतले पाँचौ दिनमा ६३.३ ओभरमा अलआउट भएको थियो। 

भारतका विराट कोहली ४९, आजिख्य रहाने ४६, कप्तान रोहित शर्मा ४३, चैतेश्वर पुजारा २७ र शुभमन गिलले १८ रन बनाएका थिए।

अष्ट्रेलियाका लागि नाथन लायनले सर्वाधिक ४ विकेट लिन सफल भए । त्यस्तै स्कट बोलेन्ड रसमानले ३ विकेट लिए। मिचल स्टार्कले २ विकेट लिए भने पेट कुमिन्सले एक विकेट हात पारे। 

भारतले चौथो दिनको खेल सकिदा ३ विकेट गुमाउँदै १६४ रन बनाएको थियो। चार दिनको खेल सकिँदा टेस्ट च्याम्पियनसिपको फाइनल रोचक बनेको थियो।

तपाइँको प्रतिक्रिया