शनिबार, जेठ ५, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०२:३९ |सिड्नीको समय: ००:३९ |काठमाडौंको समय: २०:२४

प्रधानमन्त्री पत्नी सिता दाहाल नर्भिक हस्पिटल भर्ना 

एएनजेड खबरजुन १२, २०२३

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई  थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ। उनलाई इमर्जेन्सीमा लगिएको अस्पतालले जनाएको छ। 

सीतालाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) रोग देखिएको थियो। यो रोगका कारण उनी शारीरिक र मानसिक अवस्थाबाट पिडीत बनेकी हुन्। 

प्रधानमन्त्रीको सचिवालयले नियमित चेकअपका लागि लगिएको जनाएको छ । यसअघि सीतालाई मेडिसिटी लगिने गरेको थियो ।

 यस अघि सीतालाई २०७५ उपचारको लागी सिंगापुर लगिएको थियो। त्यहाँ उपचार गरे पनि स्वास्थ्यमा सुधार नभएपछि पुनः अमेरिका लगेर जोन्स हप्किन्स अस्पतालमा उपचार गरिएको थियो। 

भारतको हरिद्वार लगेर बाबा रामदेवबाट पनि आयुर्वेदिक उपचारको भएको थियो भने उनलाई  भारतकै मुम्बई पनि लगिएको थियो। 

तपाइँको प्रतिक्रिया