शनिबार, जेठ ५, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०३:०६ |सिड्नीको समय: ०१:०६ |काठमाडौंको समय: २०:५१

नागरिकताको माग गर्दै एक युवकले गरे आत्मदाहको प्रयास

एएनजेड खबरजुन १३, २०२३

काठमाडौँको माइतीघरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । 

सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि नागरिकताविहीन सङ्घर्ष समितिले आयोजना गरेको प्रदर्शनमा नागरिकता माग गर्दै  मोरङ कटहरिका नीरजकुमार कामतले आत्मदाहको प्रयास गरेका हुन। 

 ती युवकले आफैँलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको प्रहरीले जानकारी दिएको छ। 

आफैँलाई पेट्रोल खन्याएर आगो लगाउने प्रयास गर्दै गर्दा प्रहरीले रोकेको थियो। उनलाई अहिले उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको बताइएको छ। 

तपाइँको प्रतिक्रिया