आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १४:३९ |सिड्नीको समय: १२:३९ |काठमाडौंको समय: ०८:२४

वानएक्स बेटको विज्ञापन गरेको आरोपमा नाम चलेका कलाकार सहित ८ जना पक्राउ 

एएनजेड खबरजुन १५, २०२३

अनलाइन बेटिङ प्लेटफर्म (वानएक्स बेट)को विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा नाम चलेका आठ जना कलाकारहरू पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा राजु पौडेल (राजु मास्टर) र मरीचमान श्रेष्ठ ‘बल्छी ध्रुवे ,पवन खतिवडा, एलिश राई, ज्वलन घर्ती मगर, गणेश देवकोटा, सरोज घिमिरे र बेगम नेपाली रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। 

 उनीहरूलाई हिजो बुधवार पक्राउ गरिएको हो।  प्रहरीले हिजो बुधवार नै वानएक्स बेटमार्फत एक अर्ब बढीको सट्टाबाजी गराउने पाँच एजेन्टलाई सार्वजनिक गरेको थियो । पछिल्लो समय सामाजिक सञ्जालमा बेटिङ तथा क्यासिनो गेमिङ एपहरूको प्रचार तीव्र रूपमा हुन थालेपछि प्रहरीले त्यस्तो कार्यमा संलग्न व्यक्तिमाथि कारबाहीको तयारी थालेको हो ।

पक्राउ परेका व्यक्तिहरूले  युट्युबबाट वानएक्स बेटिङको प्रचार गरेको आरोप प्रहरीको छ । युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै धेरैले विज्ञापन गरेको  देखिएको थियो। 

सरकारले नेपालमा अनलाइन सट्टाबाजी गराउने वनएक्स बेटलगायत वेबसाइटमाथि प्रतिबन्ध लगाएपनि अनललाईन मार्फत केहीले धन्दाको रूपमा लुकिछिपी सञ्चालन गर्दै आएका थिए। 

तपाइँको प्रतिक्रिया