आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १२:४३ |सिड्नीको समय: १०:४३ |काठमाडौंको समय: ०६:२८

टोपबहादुर र खाँडसहित १६ जनालाई थुनामै राख्न आदेश 

एएनजेड खबरजुन १६, २०२३

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना मध्य१६ जना अभियुक्तहरूलाई थुनामा पठाउन आदेश भएको छ । 

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित १६ जनालाई थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको हो।

अन्य दुई जना टंक गुरुङलाई १० लाख, लक्ष्मी महर्जनलाई ५ लाख  धरौटीमा छोड्न आदेश दिएको छ। 

सरकारी वकिलहरूले अभियुक्तहरूलाई राज्य विरुद्धको कसूरमा दोषी रहेकाले उनीहरूले बाहिर बसेर प्रमाण नष्ट गर्न सक्ने भन्दै थुनामै राख्न माग गरेका थिए।

 नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भनी विभिन्न व्यक्तिलाई ठगी गरेको प्रकरणमा  ठगी, लिखत किर्ते, राज्यविरुद्ध र सङ्गठित अपराधको कसुरमा पुर्वउपप्रधानमन्त्री टोपबहादुर, पूर्व गृहमन्त्री खाँड, पूर्वगृहसचिव पाण्डे, भुटानी शरणार्थीका नेता एकनाथ रिजालसहित ३० जनालाई काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा चलाएको थियो।

तपाइँको प्रतिक्रिया